उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताउनुभएको छ।
निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडी चुकेका छन् ।
मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
शनिबार भएको खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमती च्याम्पियन बन्नुभएको हो । अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गर्नुभयो ।
मिथ्या सूचना संघर्ष बारेको दुई दिने गोष्ठी यहाँ सुरु भएको छ । पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग र सिएमआर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम आइतबारसम्म चल्नेछ ।
उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शनिबार अर्जुन चौपारी र चापाकोट जित हात पारेका छन् । दुबै टिमले पहिलो खेल जित हात पारेका हुन् ।
आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेभएको छ ।
कालीकोटको पलाँता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । वडा ४ की एक महिलाको असुरिक्षत गर्भपतनका कारण अत्यधिक रगत बग्दा ज्यान गएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ।