• १० माघ २०८२, शनिबार

मलिथम क्लब उदयपुर सेमिफाइनलमा

blog

प्रतियोगितामा सहभागी ओद्राहा सप्तरी र उदयपुरका खेलाडीहरु ।

देवराम यादव

सप्तरी, माघ १० गते । मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा शनिबार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ३–० गोलले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुर सेमिफाइनल प्रवेश गरेको हो । 

१५औँ मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो । २६औँ मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पुर्‍याएको थियो ।

पहिलो हाफसम्म दुई गोलको अग्रता बनाएको मलिथमका दिवस चौधरीले आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गराएको थियो । 

प्रतियोगिताको दोश्रो क्वाटर फाइनलमा आइतबार इन्द्रेणी फुटबल क्लब सोमबारे फुटबल क्लब उदयपुर र शम्भुनाथ नगरपालिका फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताका बिजेता टिमले ५७ हजार रुपियाँ  तथा उपविजेता टिमले ४७ हजार रुपियाँ तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।