शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको राजमार्ग अवरुद्ध भएको छ । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन् ।
युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा रोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला हुने भएको छ ।
अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि–जमुना पत्रकारिता पुरस्कार बाँकेका पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ ।
जीवनको लागि सवारी मूल नारासहित पूर्वी पहाडी जिल्ला पाँचथरको चिवा भञ्ज्याङगबाट सुरु भएको साईकल यात्रा दैलेख आइपुगेको छ ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एक मात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सातसय ३६ जना लाभान्वित भएका छन् ।
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको हो ।
चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिनु भएको छ ।
पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।
दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो ।