दार्चुलाको अपी हिमाल गाउँपालिका४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताउनुभएको छ ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकको निरन्तर हत्याको चेतावनी दिएको छ ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवालाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।
युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका –३ रानीकुण्डास्थित कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको परालको टौवामा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनु भएको छ ।
शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताउनुभएको छ । आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हात खादा लगाएर पार्टी प्रवेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।
युरोपेली सङ्घ (ईयु)ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बिचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ । अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि युरोपले आफ्नो हितको संरक्षणमा सक्रिय भूमिका देखाएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिम पहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीले बताएका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार दिनुभएको कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीले पार्टीबाट निष्काशित गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सहितलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।