शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेमराज सिम्खडा
कालीकोट, माघ १० गते । कालीकोटको पलाँता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । वडा ४ की एक महिलाको असुरिक्षत गर्भपतनका कारण अत्यधिक रगत बग्दा ज्यान गएको हो ।
साविकको धौलागोह गाउँकी ४५ बर्षीया मोती रोकायाको आफ्नै गोठमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार गर्भमा बसेको बच्चा खसाल्न स्थानीय मेडिकलबाट औषधी सेवन गरेका कारण रगत धेरै बगेर महिलाको मृत्यु भएको हो ।
पलाँता गाउँपालिकाका निर्वतमान अध्यक्ष लक्षमणबहादुर बमले उहाँको श्रीमानको नौ बर्ष अगाडि मृत्यु भएको थियो । शव परीक्षणसँगै महिलाको गर्भमा बसेको बच्चाको डिएनए परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।