पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूको बैठक नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो ।
युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने रहेछ ।
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरू सुरक्षित रूपमा अध्ययन गर्न पाएका छन् ।
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? समुद्री जीवमा सबैभन्दा शान्त डल्फिनलाई माछाको समूहमा राखिँदैन नि, डल्फिनलाई छुट्टै स्तनधारी जीवको समूहमा राखिन्छ । वैज्ञानिक भाषामा फिमेल डल्फिनलाई काउज र मेललाई बुल्स भन्ने गरिन्छ । समूहमा बस्न रुचाउने डल्फिन आफ्नो समूहको पोथी डल्फिनले बच्चा जन्माएमा उसलाई मिलेर स्याहार गर्ने खानेकुरा खुवाउने गर्दछन् । डल्फिन आफ्ना साथीहरूसँग कुरा गर्दा सिट्टी बजेको झैँ आवाज आउने गर्दछ । डल्फिन एक अर्कालाई एक विशेष आवाजमा नामले नै बोलाउने गर्छन् ।
रोल्पाको खुङ्ग्रीमा सोनम र उनको परिवार बस्थे । उनको परिवारमा उनको आमा, बुवा, भाइ र उनी थिए । उनको बुवा काम गर्नका लागि विदेश जानुभएको थियो । उनको आमासँग भन्दा बुवासँग राम्रो सम्बन्ध थियो । सोनम पढ्न र लेख्न रुचाउँथिन । गाउँमा राम्रो विद्यालय थिएन । त्यसैले केही समयपछि उनीहरू बसाइँ सरेर सहर गए । सहरमा गएपछि सोनमको आमाले उनलाई र उनको भाइलाई नयाँ विद्यालयमा भर्ना गरिदिनुभयो ।
तराई मधेशको जिल्लामा सोमबार बिहानदेखि बढ्दै गएको चिसो र शीतलहरका कारण धनुषाको ६ वटा पालिकाले विद्यालय विदा दिएका छन् ।
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद निर्देशकको यात्रा सार्वजनिक भएको छ। निर्देशक मोहन राईद्वारा अनुवादित पुस्तकको अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुष्मा राईले संयुक्त रूपमा विमोचन गर्नुभयो। कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले चलचित्र सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राख्नुभएको थियो।
लेखक डा. दिलीपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ र ‘रुइसे दरबार’को लोकार्पण भएको छ। गत शनिबार समाज सेवी तथा सांसद डा. आरजु राणा देउवाको आतिथ्यमा उक्त दुई पुस्तकको लोकार्पण गरिएको हो।
नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ पूर्णिमा लामा। डेढ दशकदेखि निरन्तर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनुभएको उहाँले हालसम्म चार सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ। उहाँको हिजोसम्म मलाई माया, डाँडापारि मेरो माया, आमा, भाग्यले नि छल्छ, मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई लगायतका गीतहरू चर्चामा छन्। लामा स्वदेश तथा विदेशमा आयोजना हुने महोत्सवहरूमा व्यस्त हुनुहुन्छ। गायिका लामाले सर्वोत्कृष्ट नव गायिका विधाबाट पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, सर्वोत्कृष्ट नव गायिका विधाबाट प्रथम नेपाल म्युजिक अवार्ड २०७५, सर्वोत्कृष्ट गायिका विधाबाट एघारौँ विन्ध्यावासिनी म्युजिक अवार्ड २०७७ र सर्वोत्कृष्ट गायिका विधाबाट नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सहित राष्ट्रिय स्तरका दर्जनौँ अवार्डहरू पाइसक्नुभएको छ।
हुम्लावासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको ( लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान ( चौपाडी) मा मनाउने गरिन्छ। स्थानीय पहिरनमा सजिएका पुरुषहरूले रातभरि चुट्किला गीत गाएर जाग्राम बस्दै सो पर्व मनाउँदै आउनुभएको हो।