भिमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठले आफूले पाएको तलब भत्ता रकमबाट ज्येष्ठ नागरिकलाई काठमाडौंको भ्रमण गराउनुभएको छ ।
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ।
जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेकाे छ । बुधबार अपराह्न साढे ४ बजेबाट सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ठ्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।
निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति विभिन्न मत आइरहेका छन्। अकुपाई टुँडिखेल अभियानताको टोलीले उपमेयर सुनिता डंगोललाई नै भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
बुटवल अस्पताल लाइनमा जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तन गरी शहीद स्तम्भ उद्यान बनाइने भएको छ । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको सहयोगमा आधुनिक किसिमले सो उद्यान निर्माण गरिने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।