• १४ पुस २०८२, सोमबार

प्रधानमन्त्रीद्वारा सिंहदरबार परिसरमा निर्मित नयाँ संरचनाको अवलोकन (फोटोफिचर)

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (दायाँबाट पहिलो) लाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका संरचनाबारे जानकारी गराउनुहुँदै मुख्य सचिव शङ्करदास बैरागी । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, पुस २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गर्नुभएको हो ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गर्नुभएको थियो । उहाँले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाको  अवलोकन गर्नुभएको थियो ।

सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताउनुभएको थियो । मुख्य सचिव शङ्करदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो ।