आर्थिक क्षेत्रमा प्रयोग हुने तथ्य, तथ्याङ्कको प्रभावकारी प्रयोग सिकाउने सामग्री समेटिएको ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक पुस्तक सार्वजनिक गरिएको छ । मङ्गलबार उक्त पुस्तकको डिजिटल प्रति सार्वजनिक गरिएको हो । पुस्तक राष्ट्रिय योजना आयोगले तयार गरेको हो ।
अर्थतन्त्रको विकासमा विज्ञापन एजेन्सीको महत्त्वपूर्ण भूमिका हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउनुभएको छ । राजधानीमा मङ्गलबार आयोजित नेपाल विज्ञापन सङ्घ (आन)को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले विज्ञापन बजारमा देखिएका नयाँ परिवर्तनलाई समेत आत्मसात् गर्दै अघि बढ्न सुझाव दिनुभयो । त्यस्तै उहाँले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले विज्ञापन बजारमा चुनौती थपेकाले त्यसलाई समेत करको दायरामा ल्याउने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो आन विज्ञापन एजेन्सीहरूको छाता सठन हो ।
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा कारोबार भएको हो । सोमबार प्रतितोला एक लाख एक हजार सात सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दक्षिण कोरियाबाट उपहार स्वरूप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् ।
नेपाल उद्योग परिसङ्घले भौतिक पूर्वाधारका क्षेत्रमा हुने खर्च विस्तार गर्न आग्रह गरेको छ । परिसङ्घको टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर पूर्वाधार क्षेत्रमा व्यापक लगानी बढाउन आवश्यक रहेको जनाएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि समस्याको समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । “जहाँ समस्या छन् त्यसको समाधान गर्ने, जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने,” उहाँले भन्नुभयो, “जहाँ छुट दिनै नसकिने छ त्यहाँ हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछाैँ ।”
अमेरिकालाई अहिलेको दुनियाँमा धेरैले सपनाको देश मान्छन् । विशेषगरी बेरोजगार युवाका निम्ति अमेरिका सपनाकै देशकै हो । वैध, अवैध तवरले अमेरिका प्रवेशका निम्ति लाखाैँ खर्चेर विकासोन्मुख देशका मानिस अमेरिका पुग्छन् । नेपाल त्यसमा अपवाद छैन । अवैध तवरले मानव तस्कर एजेन्टका चङ्गुलमा फसेर कैयौँ नेपालीले ज्यान गुमाइसकेका छन् र यो क्रम टुङ्गिने कुनै सङ्केत देखिँदैन । अवैध किसिमले मेक्सिको, पनामा इत्यादि मुलुक हुँदै अमेरिका प्रवेश गर्ने सिलसिलामा नेपाली युवाले ती देशका जङ्गललगायतका स्थानमा प्राण त्यागेका समाचार पनि त्यत्तिकै
नागरिक समस्या समाधान गर्न र राज्यले लिएका दीर्घकालीन दृष्टिकोण पूरा गर्न राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छन् । के कस्ता विषयमा नीति तय गरिनु पर्छ भन्ने विषय नीति परिवेश र संवैधानिक निर्दिष्टताबाट निर्धारण गरेको छ । नीति प्राज्ञिक लहड वा राजनीति प्रियताका विषय होइनन्, यसका व्यावसायिक, प्राविधिक र व्यावहारिक आयाम हुन्छन् । नीतिहरू जति व्यावहारिक र सान्दर्भिक बनाइयो, त्यसैको सापेक्षमा समृद्धि र सुशासनका उपलब्धि हात पर्छन् । नीति फितला भए, दृष्टिकोण र व्यावहारिक भएनन् भने त्यसको अनुपालनको स्थिति कमजोर हुन गई नीतिग्राहीहरू नीतिलाभ लिन सक्दैनन्, कतिपय अवस्थामा त नीतिलाभ नै उत्पादन हुन सक्दैन । लोकतन्त्र संस्थागत भइनसकेका र नीति संस्कृति नबसेका नेपालजस्ता मुलुकका
नेपाल गोजुकाई कराँते डो सङ्घको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराँते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ ।
संविधान आफैँमा साध्य होइन । राज्य सञ्चालन र निर्माणका लागि चाहिने आधारभूत प्रस्तावना हो । मुलुक र नागरिकको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता तथा नागरिक सर्वाेच्चताको ग्यारेन्टी गर्ने दस्ताबेज हो । संविधान मूल्यहरूको आधारभूत मूल्य हो । विधिशास्त्री हेन्स केल्सनले ‘पिओर थ्यौरी अफ ल’ नामको पुस्तकमा संविधानलाई ‘वेसिकनम्स’ (आधारभूत मूल्य) भने । संविधान–कानुन नागरिकका अधिकार र कर्तव्यलाई निर्देशित गर्ने दस्ताबेज हुन् । भनिन्छ– प्रत्येक कानुन ड्युटी (दायित्व) मा आधारित हुन्छ । सबै अधिकार किनभने त्यहाँ ड्युटी हुन्छ । महात्मा गान्धीले ‘अधिकारको खास स्रोत दायित्व हो’ भने । यो सत्यलाई शासन सत्ताका नेतृत्वकर्ताहरू, नागरिक समाज, जनता र सबैले ख्याल नगर्दा नेपालमा कतिपय राजनीतिक–संवैधानिक तथा सामाजिक समस्या थपिएका हुन् ।
चिसो बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । अत्यधिक चिसो बढ्दा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरी महिला बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार केही दिनअघिसम्म उपचारका लागि दैनिक सरदर १५० जना बिरामी आउने गरेको अहिले तीन सय जनाभन्दा बढी पुगेको छ । रुघाखोकी, हाडजोर्नी, बाथ, हातखुट्टा दुख्नेजस्ता समस्या भएका बिरामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि प्रदेश सभामुखको निर्वाचन यही पुस २९ गते हेटौँडास्थित प्रदेश सभा हलमा हुने भएको छ । नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले यही पुस २८ गते प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको छ । त्यसैगरी २९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यक्रम तालिका बनाइएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
१. देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले गरिएको हो ? वि.सं. २०७९ पुस १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सो विमानस्थल उद्घाटन भएको । निर्माणका लागि पहल भएको करिब पाँच दशकमा सो विमानस्थल निर्माण भएको । – विमानस्थलको आन्तरिक टर्मिनल भवन चार हजार वर्गमिटर र बाह्य १० हजार वर्गमिटर रहेको । – विमानस्थलबाट वार्षिक १० लाख यात्रुलाई सेवा प्रदान गर्न सकिने बताइएको ।
कार्यसम्पादन सम्झौता १. नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा के कस्तो प्रावधान रहेको छ ? उल्लेख गर्नुहोस् । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । धारा ६९ ले उपराष्ट्रपतिको योग्यता, पदावधि र निर्वाचन प्रक्रिया राष्ट्रपतिसरह हुने उल्लेख गरेको छ । धारा २४६ ले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने भन्ने उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियालाई नेपालको संविधान र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले निर्देश गरेका छन् । जसअनुसार निर्वाचन प्रक्रिया निम्नानुसार रहेको छ ः
१. म प्रमुख कार्यकारीको भूमिकामा तेस्रो पटक र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो पटक तपाईंहरूसमक्ष उपस्थित भएको छु । मलाई यसअघि प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यस पटक पनि तपाईंहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।