सप्तरी जिल्ला अदालतले पञ्चहरूलाई कैद सजायसहितको फैसला गरेको छ ।
ताप्लेजुङ जिल्लामा आगामी दुई वर्षभित्र विद्युतीकरण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत दुई वर्षभित्र जिल्लाभर विद्युतीकरणको कार्य हुने भएको हो।
काठमाडौं, पुस १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग अध्यक्ष तिमिल्सिनाले भेटवार्ता गर्नुभएको हो। भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। यसका अतिरिक्त भेटवार्तामा कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयकका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए। निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीती अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन्। त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभएको थियो। कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।
यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जनता समाजवादी पार्टीले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि राजकुमार श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको छ।
अहिले बिल पेश गरेको दिनमै रकम पाइन थालेको रहेछ, बिल अनुसारको रकम नपाए पनि पाउने रकम सहजै पाउँदा सजिलो भयो ।
बिहान ६ बजेको चिसो तुसारो। जाडोले थरथर कमाउने शरीर। साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही। अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ। त्यही सडकमा सेवाग्राहीको लर्को।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशले विगत केही महिनायता प्रदेशका जिल्लामा कार्यरत पत्रकारमाथि धम्की एवम् दुर्व्यवहारका घटना बढेकोेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मंगलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दावेदारी प्रस्तुत गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ । पुस्तकबाट आर्थिक तथ्याङ्कको उत्पादन तथा प्रयोग गर्दा अपनाउनुपर्ने वैज्ञानिक विधिको सुनिश्चितता, नागरिकसामु सलर तरिकाले बुझिनेगरी आर्थिक सूचनाहरु प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराको जानकारी पाइने आयोगको अपेक्षा छ ।
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाइसकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।