‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २२औं आरा–रारा गोल्डकपको पहिलो खेलमै भुटानी क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकासँग १–० गोलले स्तब्ध बन्यो ।
बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव शून्य छ मा झरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयले टुङ्गो लाउने भएको छ।
मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) की नेत्री एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले सङ्घीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
इङ्लिस प्रियिमर लिग फुटबलको चर्चित टोली लिभरपुललाई ब्रेन्टफर्डको नमिठो धक्का लागेको छ । सोमबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफर्डसँग उसैको मैदानमा ३–१ गोलले पराजित भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ ।
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन गरेको छ।
बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । समीर नाम गरेका ती फ्यान जवलपुरबाट साइकलमै मुम्बई पुगेका हुन् ।
नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।
वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुने भएको छ । चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा पुस २० देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।