• २३ असार २०८१, आइतबार

मनाङ भुटानी क्लबसँग स्तब्ध

blog

मनाङविरुद्ध गोल गरेपछि भुटानी क्लबका खेलाडी ।

काठमाडौं, पुस १९ गते । ‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २२औं आरा–रारा गोल्डकपको पहिलो खेलमै भुटानी क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकासँग १–० गोलले स्तब्ध बन्यो ।

जितसँगै भुटानी युथ स्पोर्टस् सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानी क्लबको जितमा प्रविण बस्नेतले निर्णायक गोल गर्नुभयो । बस्नेतले १७औं मिनेटमा गरेको गोल मनाङलाई हराउन प्रयाप्त बन्यो । सेमिफाइनलमा भुटानी क्लबले चर्च ब्वाईज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

भुटानी युथ स्पोर्टस् क्लब अमेरिका बस्दै आएको भुटानी शरणार्थीहरुको क्लब हो । यसको प्रशिक्षकमा नेपालका प्रदीप हुमागाईं हुनुहुन्छ । सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।