नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा स्थापित चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा सुरु हुँदैछ । २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सवको यो १४ औँ संस्करण हो ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ ।
नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
नाम्खा गाउँपालिका–३ को माथिल्लो झुलामा बस्ने तपस्वीलाई खानेपानीको समस्या भएको छ । पानी अभाव भएपछि स्थानीय युवाहरू तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै आएको छ ।
गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।
झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर गराउन विभिन्न सिपमूलक तालिम दिन सुरु गरेको छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले माध्यमिक तहमा सञ्चालन गरेको प्राविधिक शिक्षा तर्फको कृषि विषयका विद्यार्थीहरू कृषि कार्यका लागि खेतमा रमाउन थालेका छन् ।