• १ जेठ २०८२, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

blog

बालुवाटारमा छलफल गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, पुस १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार  प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न अध्यक्ष ओली बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेको थियो ।

सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ ।