• १३ वैशाख २०८१, बिहिबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले गरिएको हो ?

वि.सं. २०७९ पुस १७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सो विमानस्थल उद्घाटन भएको । निर्माणका लागि पहल भएको करिब पाँच दशकमा सो विमानस्थल निर्माण भएको । 

विमानस्थलको आन्तरिक टर्मिनल भवन चार हजार वर्गमिटर र बाह्य १० हजार वर्गमिटर रहेको ।

विमानस्थलबाट वार्षिक १० लाख यात्रुलाई सेवा प्रदान गर्न सकिने बताइएको ।

चिनियाँ एक्जिम बैङ्कको झन्डै २२ अर्ब रुपियाँको ऋण सहयोगमा उक्त विमानस्थल निर्माण भएको ।

करिब ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा 

निर्माण गरिएको ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थल सञ्चालनमा आएकोबारे देशबाहिरसमेत सन्देश दिन अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर उद्घाटन गरिएको जनाइएको ।


२. महान् फुटबलर पेलेको निधन कहिले भएको हो ? 

सन् २०२२ डिसेम्बर २९

ब्राजिलका विश्वविख्यात फुटबल खेलाडी पेलेको सन् २०२२ डिसेम्बर २९ मा ८२ वर्षको उमेरमा निधन भएको । 

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी रहेका । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताउन सफल भएका । चार पटक विश्वकप खेलेका उनले छ दशकभन्दा बढी फुटबल खेलाडीका रूपमा बिताएका । 

सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी 

घोषणा गरेको ।

फुटबलका सर्वकालीन महान् खेलाडी पेलेलाई ‘कालो मोती’ उपनामले चिनिने ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।


३. अखिल नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो ?

वि.सं. २००८

नेपालमा वि.सं. २०३६ चैतदेखि एन्फा कप सुरुवात भएको ।

नेपालको फुटबलमा महत्वपूर्ण योगदान पु-याउने व्यक्तित्व जनरल नरशमशेरको नाममा वि.सं. २०२५ मा ‘नर ट्रफी’ स्थापना गरिएको । 

अखिल नेपाल फुटबल सङ्घको नयाँ लोगो वि.सं. २०७५ फागुन २० (सन् २०१९ मार्च ४)मा सार्वजनिक भएको । यसका डिजाइनर सन्दीप तिवारी रहेका ।

नेपालले विश्व फुटबल महासङ्घ (फिफा)को सदस्यता सन् १९७३ मा लिएको ।


४. विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन हुने मुलुक कुन हो ?

नेपाल


५. कमलरीमुक्त घोषित पहिलो जिल्ला कुन हो ?

दाङ 


६. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?

सिन्धुपाल्चोक


७. सार्वजनिक व्यवस्थापन कार्यालयका अनुसार हाल नेपालको सार्वजनिक ऋण कति पुगेको छ ?

रु. २० खर्ब सात अर्ब ८४ करोड

आ.व. २०७९/८० को पहिलो त्रैमासिकसम्ममा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड 

तथा आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ 

करोड रहेको ।

चालू आ.व.को पहिलो तीन महिनामा सरकारले कुल २४ अर्ब ७० करोड बराबर बाह्य ऋण लिएको । साथै पाँच अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको । विदेशी मुद्रामा लिएको ऋण विनिमय दरमा भएको वृद्धिका कारण थप पाँच अर्ब ५२ करोड तिर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको ।

हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको । जीडीपी आकारसँग तुलना गर्दा नेपालको सार्वजनिक ऋणको अनुपात ४१.३८ प्रतिशत पुगेको । जसमध्ये बाह्य 

ऋण २१.६४ प्रतिशत र आन्तरिक ऋण १९.७३ 

प्रतिशत रहेको ।

नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैङ्क समूहअन्तर्गत आईडीए रहेको । आईडीएसँग नेपालले पाँच खर्ब २६ अर्ब एक करोड १८ लाख 

बराबर ऋण लिएको ।

त्यस्तै एसियाली विकास बैङ्क (एडीबी) नेपालको दोस्रो ठूलो ऋणदाता (तीन खर्ब २३ अर्ब ६४ करोड)का 

रूपमा रहेको ।


८. सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तामा कसलाई नियुक्त गरिएको हो ?

डा. दिनबन्धु पोखरेल 


९. नेपालको कुन ठाउँमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय स्थापना गरिएको छ ?

फर्पिङ (काठमाडौँं)

(नेपालको पहिलो जलविद्युत् आयोजना ‘फर्पिङ जलविद्युत् आयोजना’को जलविद्युत् गृहलाई विद्युत् तथा ऊर्जा सङ्ग्रहालयका रूपमा स्थापना गरिएको ।)


१०. जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?

जिराफ


११. सशस्त्र प्रहरी बल नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले न्यूनतम कति सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ?

१५ वर्ष 

एपीएफले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७९ मा यो व्यवस्था लागू गरेको ।

यसबाट लामो समय सेवा अवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारी लाभान्वित हुने सशस्त्र मुख्यालयको विश्वास रहेको ।

यसअघि यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७१ अनुसार न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए ।


१२. खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वमा कोदो उत्पादन गर्ने देशमा नेपाल कति औँ स्थानमा रहेको छ ?

१३औँ 


१३. अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाउन तय गरिएको वर्ष कुन हो ?

सन् २०२३ 

नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ सन् २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउन लागेको ।


१४. नेपालको पहिलो दस अवतारसहितको चालीस फिट अग्लो ब्रह्मा मन्दिर कहाँ निर्माण गरिएको छ ? 

बनेपा, काभ्रे

नेपालमै पहिलो पटक दस अवतारसहितको ब्रह्मायणी मन्दिर र ब्रह्माको प्रतिमा स्थापना गरिएको । 

विश्वका दुई मुलुक भारतको राजस्थान र थाइल्यान्डको बैङ्ककमा दस अवतारसहितको मन्दिर 

अवस्थित रहेको । 

दस अवतारसहितको मन्दिर निर्माण गर्ने नेपाल तेस्रो मुलुकका रूपमा रहेको । 


१५. भारतको सर्वोच्च अदालतले रु. एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गर्ने फैसला कहिले गरेको हो ? 

सन् २०२३ जनवरी २

(भारत सरकारले कालो धन र राजस्व छली नियन्त्रण गर्ने उद्देश्यका साथ सन् २०१६ मा पाँच सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको थियो ।)


१६. चिया बगानका श्रमिकलाई बस्नका लागि साहुले बनाइदिएको घरलाई के भनिन्छ ?

धुरा


१७. राशी १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?

२७ वटा


१८. फिफाद्वारा सन् २०२२ डिसेम्बरमा प्रकाशित फिफा वरीयतामा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

ब्राजिल

फिफाले डिसेम्बर २२ मा सार्वजनिक गरेको नयाँ 

वरीयतामा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जिते पनि अर्जेन्टिना सो वरीयतामा दोस्रो स्थानमा रहेको ।

सो वरीयताअनुसार ः तेस्रो ः फ्रान्स, चौथो ः बेल्जियम, पाँचौँ ः इङ्ल्यान्ड, छैटौँ ः नेदरल्यान्डस्, सातौँ ः क्रोएसिया, आठौँ ः इटाली, नवौँ ः पोर्चुगल र दसौँ स्थानमा 

स्पेन रहेका । 

अफ्रिकी राष्ट्र मोरक्को ११ खुड्किलो माथि उक्लेर ११औँ स्थानमा रहन सफल भएको ।

सो वरीयतामा नेपाल १७५औँ स्थानमा रहेको ।


१९. एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ?

२९.९२ प्रतिशत


२०. कुनै सतहमा ठक्कर खाई फर्किएको परावर्तित ध्वनिलाई के भनिन्छ ?

प्रतिध्वनि 


२१. पारिजातद्वारा लिखित शिरीषको पूmल कुन धाराको औपन्यासिक कृति मानिन्छ ?

अस्तित्ववादी धारा 


२२. एसियाली राजमार्गअन्तर्गत पूर्वी नाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित छ लेनको नयाँ पुल कहिलेदेखि सञ्चालनमा आएको हो ?

वि.सं. २०७९ पुस १७

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूद्वारा आ–आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुलको औपचारिक उद्घाटन गरिएको ।

एसियाली मुलुकलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत यो पुल निर्माण भएको ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा पुल निर्माणको सम्झौता गरिएको थियो ।


२३. सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

मोहनशमशेर


२४. पृथ्वीको बनावटलाई कति भागमा विभाजन गरिएको छ ?

तीन (स्थलमण्डल, मिश्रितमण्डल र केन्द्रमण्डल)


२५. कुमारी बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क मर्ज भई कुमारी बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?

वि.सं. २०७९ पुस १७

मर्जरपश्चात् बैङ्कको रजिस्टर्ड कार्यालय हाल कुमारी बैङ्क लिमिटेडको रजिस्टर्ड कार्यालय रहेको स्थान टङ्गाल (काठमाडौँ)मा रहने भएको ।

यी दुई बैङ्क गाभिएपश्चात् चुक्तापुँजी रु. २६ अर्ब २३ करोड पुगेको । यी दुई बैङ्क एक बराबर एक सेयर आदानप्रदान गर्दै मर्जरमा गएका ।

प्रस्तुतकर्ता : टंक के.सी.