• १२ साउन २०८१, शनिबार

दुई पुस्तक लोकार्पण

blog

काठमाडौँ, पुस २० गते । लेखक डा. दिलीपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ र ‘रुइसे दरबार’को लोकार्पण भएको छ। गत शनिबार समाज सेवी तथा सांसद डा. आरजु राणा देउवाको आतिथ्यमा उक्त दुई पुस्तकको लोकार्पण गरिएको हो। 

‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा सङ्ग्रह हो। दसवर्षे जनआन्दोलनको कथा र त्यसमा भएको सामाजिक पीडाहरूको यथार्थ पुस्तकमा चित्रण गरिएको छ भने ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो। पुस्तकमा म्याग्दी राखुमा रहेर पनि ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ। पुस्तकले चोधौँ शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ। कार्यक्रममा शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेल, लेखक डा. दिलीपकुमार मल्ल, गृहसचिव विनोदप्रकाश सिंह, पूर्वराजदूत तथा साहित्यकार प्रतिभा राणा, समालोचक सुमन वर्षा र राजकुमार बानियाँको उपस्थिति रहेको थियो।