जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्माले अहिले सारा संसारलाई स्वास्थ्य र आरोग्य चाहिएको र नेपालले त्यो सारा विश्वलाई दिनसक्ने बताउनु भएको छ।
गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर (प्रमुख) गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनता रोजेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ लेख्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिनुभएको छ।
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२ लाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ।
आउँदो फागुन २१ गतेको निर्वाचनको सरगर्मी नवलपुरमा बढ्दैगर्दा यहाँका माझी र मुसहर समुदायमा भने निर्वाचनको खासै चासो देखिएको छैन ।
वरिष्ठ चराविद् डा. हेमसागर बराल हेम–गङ्गा अनुसन्धान तथा संरक्षण सम्मानबाट सम्मानित हुनुभएको छ।
नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमास्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गर्नुभएकाे छ ।
सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।
सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागु गर्न निर्देशनात्मक आदेश गरेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पारेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै गत माघ १० गतेदेखि १८ गतेसम्म सम्पादन भएका मुख्य-मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको हो।
चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा ‘नवौँ राष्ट्रिय र्याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।
हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ ।