सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रे बिहारलाई ३–० गोलले हरायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही सहरमा भइरहेका प्रदर्शनका क्रममा स्थानीय निकायले अनुरोध नगरेसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताउनु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौता अनुसार भएको भए काम पूरा भई सक्नुपर्ने थियो । तर सम्झौता अनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।
इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताउनु भएको छ ।
१४औँ राष्ट्रिय जिमन्यास्टिक प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ । नेपाल संवतकाे आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला आज सम्पन्न भएको हो ।
चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा छनोट भएका निर्वाचन प्रहरीलाई म्याग्दीमा आइतबार देखि तालिम दिन सुरु गरिएको छ ।
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताउनुभएको छ ।
इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताउनु भएको छ ।
आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाइने बताउनुएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम इलाममा सुरु भएको छ । नेपाल प्रहरीतर्फ एक हजार सात सय ३४ जना र शसस्त्र प्रहरीतर्फ एकसय ७९ जना गरी एक हजार नौंसय १३ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो ।
बिहीबार अन्तिम-मिनेट परिवर्तन नभए विश्वको अन्तिम प्रमुख आणविक हतियार नियन्त्रण सन्धि न्यु स्टार्टको म्याद सकिँदै छ ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरू हुने भएको छ । प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार सम्पन्न सम्झौतापछि दाङमै क्यान्सर उपचारको बाटो खुलेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गर्नु भएको छ । साथै उहाँले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गर्नु भएको छ ।