गोरखापत्र संस्थानबाट सेवानिवृत्त हुनुभएका दुई जना पत्रकारको आज औपचारिक बिदाइ गरिएको छ । संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) र महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनोसहित बिदाइ गर्नुभयो ।
आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने निर्वाचन प्रहरीका लागि अनुशिक्षण कार्यक्रम आजदेखि सुरु गरिएको छ ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठुलो परिमाणमा क्लिङ्कर हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
तेस्रो एनएपिएफ अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। आइतबार कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो।
कैलालीको घोडाघोडी नगरपालिकाका ट्याक्टर व्यवसायी आईतबार बिहान ट्याक्टरसहित नगरपालिका घेराउ गर्न पुगेका छन् ।
गुल्मीमा १६९५ जना निर्वाचन प्रहरी मातहतका क्षेत्रमा खटिएका छन् ।
नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रूपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
म्याक्स सुपर स्पेसियलिटी अस्पताल, वैशालीले कोलोरेक्टल क्यान्सर उपचारसम्बन्धी एक महत्त्वपूर्ण शैक्षिक सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
सोलुखुम्बुको नाम्चेस्थित एभरेस्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल । पर्यटकले यहाँबाट सगरमाथा, लोत्सेलगायत हिमश्रृङ्खलाको अवलोकन गर्ने गर्छन् ।