नेपालको आर्थिक इतिहासमा असीको दशकलाई ‘डिजिटल रूपान्तरण’ र ‘युवा जागरण’ का वर्षका रूपमा सम्झिने आधार पर्याप्त छन् । परम्परागत राजनीतिक–आर्थिक संरचनाबाट दिक्क भएका र प्रविधिको शक्ति बुझेका जेनजी पुस्ताले अहिले नेपालको अर्थतन्त्रको दिशा बदलिरहेका छन् । यो पुस्ता केवल सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने वा सडक आन्दोलनमा सीमित छैन, यसले नेपालको श्रम बजारमा गहिरो संरचनात्मक परिवर्तन ल्याइरहेको छ ।
आगामी प्रतिनिधिसभाको निर्वाचन सुरक्षाका लागि स्याङ्जामा अपुग भएका निर्वाचन प्रहरी विभिन्न तीन जिल्लाबाट ल्याइएको छ ।
सर्वप्रथम सन् १९७१ मा क्यास्पियन सागरको किनारमा अवस्थित इरानको रामसार सहरमा सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यस सम्मेलनमा सहभागी १७२ वटा राष्ट्रले आआफ्नो देशमा भएका सिमसार क्षेत्रको पहिचान गर्दै संरक्षणका लागि प्रभावकारी नीतिको कार्यावन्यन गर्ने, परम्परागत ज्ञानको आदानप्रदान गर्दै कम्तीमा एक अन्तर्राष्ट्रिय महìवको सिमसार क्षेत्रको पहिचान गर्ने प्रतिबद्धता जनाएका थिए । यो सम्मेलनले निकालेका निचोडलाई मान्यता दिँदै संयुक्त राष्ट्रसङ्घको साधारण सभाले ३० अगस्त २०२१ मा फेब्रुअरी २ तारिखलाई विश्व सिमसार दिवसको रूपमा घोषणा गरेको हो ।
नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
भारतले नेपाललाई १२ अर्ब ९१ करोड रुपियाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष सन् २०२६/२७ का लागि त्यहाँका केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपाललाई भुटानपछि दोस्रो ठुलो बजेटरी सहायता उपलब्ध गराउने निश्चित गर्दै आठ अर्ब भारतीय रुपियाँ विनियोजन गर्नुभएको छ ।
सन् २०२६ को सुरुवातमै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष १५.७ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बढी मात्रामा नुनको उपभोगले स्वास्थ्यलाई असर पर्ने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक व्यक्तिले दिनमा पाँच ग्राम (एक चम्चा) उपभोग गर्नुपर्नेमा नेपालमा तोकिएको मापदण्डभन्दा दोब्बर धेरै उपभोग हुँदा स्वास्थ्यलाई असर पर्ने देखिएको हो ।
नेपाल राष्ट्र बैंकले ससोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो । नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाइ गठन गरेर काम गरिरहेको छ । डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उद्योगका लागि आवश्यक पर्ने क्लिङ्कर खरिद गर्ने क्रममा आर्थिक अनियमितता गरेको आरोपमा आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार पौडेलसमेतको संलग्नतामा उद्योगमा क्लिङ्करको खपत बढी देखाएर उत्पादन भने घटाइएको अनुसन्धानबाट देखिएको छ ।
प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा ललितपुरमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवार मतदातामाझ पुगिरहेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुरका तीन वटा क्षेत्रमा उम्मेदवारी दिएका ७१ उम्मेदवार मतदातालाई आफ्नो मुद्दा बुझाउन व्यस्त छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल चार दिने भ्रमणका लागि आज राति जापान प्रस्थान गर्नुभएको छ । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताउनुभएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) जयराज सापकोटाले प्रहरीको पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु र अपराध अनुसन्धान नियन्त्रण रहेको बताउनुभएको छ।