• १९ माघ २०८२, सोमबार

बागलुङ–१ मा एमालेको सम्पर्क कार्यालय स्थापना

blog

बागलुङ क्षेत्र नम्बर १ को एमालेले स्थापना गरेकबो सम्पर्क कार्यालय । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ १९ गते ।
नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ ।सोही क्षेत्रका उम्मेदवार हिरा केसीले रिवन काटेर सम्पर्क कार्यालय स्थापना भएको सन्देश दिँदै फागुन २१ गते हुने निर्वाचन र आफ्नो विषयमा जो कोहीसँग पनि सल्लाह, सुझाव वा मार्गदर्शन छन् भए सम्पर्क कार्यालयमा आएर अनुरोध  गर्नुभएको थियोे ।

बागलुङ नगरपालिका–२ लोकतान्त्रीक चोकमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उम्मेदवार केसीले एक साता पहिलेदेखिनै मतदाता भेट्न घरदैलो अभियान थालिसकेको भन्दै थप सल्लाह सुझाव भए सम्पर्क कार्यालयमा पनि आउन सकिने बताउनुभयो ।

उहाँले आफु वर्षाैदेखि जनताकै सेवामा अनवरत खटिरहे पनि जनताबाट अनुमोदित भएर अझै सम्वृद्ध राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्नका लागि उम्मेदवारको रुपमा आएको बताउनुभयो ।

सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मनकुमारी केसी, केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक, सावित्रा राना र नेकपा एमालेका नेता पूर्व केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा लगाएतले शुभकामना व्यक्त गर्दै इमान्दार, शालिन र युवा नेता हिरा केसीलाई मतदान गरेर विजयी गराउन आग्रह समेत गर्नुभएको थियोे । कार्यक्रम नेकपा एमाले बागलुङका सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।