• १६ वैशाख २०८३, बुधबार

चुरेमा भएको वन अतिक्रमण हटाइयो

blog

चुरे क्षेत्रमा वन अतिक्रमण गरेर बनाइएको संरचना हटाउँदै ।

अविनाश चौधरी

धनगढी, वैशाख १६ गते । कैलालीको चुरे क्षेत्रका वनमा भएको अतिक्रमणलाई डिभिजन वन कार्यालयले हटाएको छ । गोदावरी नगरपालिकाको गोदावरी नदीदेखि माथि चुरे क्षेत्रमा भएको अतिक्रमणलाई हटाइएको हो ।

सबैभन्दा संवेदनशील चुरे क्षेत्रमा व्यापक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो । 

उहाँका अनुसार अतिक्रमण गरेर बनाइएका घर, टहराहरू वन रक्षकको टोलीले हटाएको छ । वन अतिक्रमण नियन्त्रण, चोरी निकासी, चोरी सिकार, डढेलो नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गरेको ठाकुरले बताउनुभयो ।