• १९ माघ २०८२, सोमबार

नुनको उपभोग बढी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १९ गते । बढी मात्रामा नुनको उपभोगले स्वास्थ्यलाई असर पर्ने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक व्यक्तिले दिनमा पाँच ग्राम (एक चम्चा) उपभोग गर्नुपर्नेमा नेपालमा तोकिएको मापदण्डभन्दा दोब्बर धेरै उपभोग हुँदा स्वास्थ्यलाई असर पर्ने देखिएको हो । 

राष्ट्रिय उपभोक्ता मञ्चले आइतबार आयोजना गरेको ‘आयोडिनयुक्तको उपभोग, यसको गुणस्तर र बजारको अवस्था’ विषयक अन्तव्रिर्mयामा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले नुन औषधीसँगै बढी उपभोग गरेर विष हुन सक्ने भएकाले तोकिएको मात्रामा मात्र प्रयोग गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार जति नुनको मात्रा खानुपर्ने हो त्यसभन्दा बढी उपभोग भइरहेको छ र बढी नुन खाँदा मुटु, मिर्गौला र फोक्सोमा असर पर्न सक्छ । 

आयोडिन नुनमा आयोडिनको मात्रा बढी भएको अध्ययनले देखाएकाले ध्यान दिएर नुनको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।