• १८ माघ २०८२, आइतबार

कोलोरेक्टल क्यान्सरसम्बन्धी शैक्षिक कार्यक्रम काठमाडौँमा सम्पन्न

blog

कोलोरेक्टल क्यान्सर उपचारसम्बन्धी शैक्षिक सम्मेलन कार्यक्रम ।

काठमाडौँ, माघ १८ गते। म्याक्स सुपर स्पेसियलिटी अस्पताल, वैशालीले कोलोरेक्टल क्यान्सर उपचारसम्बन्धी एक महत्वपूर्ण शैक्षिक सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । 

‘कोलोरेक्टल क्यान्सर : भ्रम चिर्दै प्रमाणमा आधारित उपचारतर्फ’ विषयमा भएको कार्यक्रममा देशभरबाट एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहेको थियो।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न सम्मेलन ज्ञान आदानप्रदान भएको थियो ।कार्यक्रमको प्रमुख सत्र म्याक्स हेल्थकेयरका जठरान्त्रीय तथा हेपाटोप्यान्क्रियाटोबिलियरी सर्जिकल अङ्कोलोजीका प्रिन्सिपल डाइरेक्टर डा.विवेक मङ्गलाले सञ्चालन गर्नुभएको थियो।

डा. मङ्गलाले कोलोरेक्टल क्यान्सरको समयमै पहिचान, आधुनिक शल्यक्रिया प्रविधि, बहुविषयगत उपचार तथा अन्तर्राष्ट्रिय प्रमाणमा आधारित उपचार पद्धतिबारे जानकारी दिनुभयो। 

उहाँले रोगसँग जोडिएका गलत धारणा हटाउँदै बिरामी केन्द्रित उपचारको महत्व स्पष्ट पार्नुभयो।सम्मेलनमा सहभागी चिकित्सकहरूले कार्यक्रम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

छलफलले दैनिक उपचार अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाउन सहयोग पुग्ने बताएका थिए ।कार्यक्रममा म्याक्स हेल्थकेयरका नेपालका लागि वरिष्ठ प्रबन्धक सबिन कार्कीले नेपालमा क्यान्सर उपचार सुधारका लागि यस्ता शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो। 

उहाँले नेपाली चिकित्सकहरूसँग सहकार्य बढाउँदै उपचार सेवाको गुणस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।म्याक्स हेल्थकेयरले सीमा–पार चिकित्सा सहकार्य, शैक्षिक कार्यक्रम तथा बिरामी सहयोगमार्फत नेपालमा अङ्कोलोजी सेवाको विकासमा योगदान दिँदै आएको जनाएको छ।

कार्यक्रमको समापन आपसी चिनजान र सहकार्य सुदृढ गर्ने नेटवर्किङ डिनरसहित सम्पन्न भएको थियो।काठमाडौँको नयाँ बानेश्वरस्थित म्याक्स पेसियन्ट असिस्टेन्स सेन्टरमार्फत म्याक्स हेल्थकेयरले नेपाली बिरामीलाई विश्वस्तरीय स्वास्थ्य सेवा नजिक पुर्‍याउँदै आएको छ।