• १८ माघ २०८२, आइतबार

जसपा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिप्रणालीको पक्षमा : उपेन्द्र यादव

blog

जनता समाजवादीपार्टी नेपालका अध्यक्ष यादव चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, माघ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमास्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गर्नुभएकाे छ । 

पार्टी अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले आइतबार चुनावी अभियानको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट पार्नु भएका हुन् । 

चुनाव प्रचार प्रसारमा अध्यक्ष यादवले पटक पटक सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य नभएको बताउनुभयो । उहाँले देशलाई स्थिर, जवाफदेही र जन उत्तरदायी शासन प्रणालीको खाँचो रहेको दावी गर्नुहुँदै त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको बताउनुभयो । 

उहाँले संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारलाई गम्भीर असर पारेको बताउनुहुँदै पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकारहरू, सत्ताको जोड घटाउमा अल्झिने राजनीति र नीतिगत निरन्तरताको अभावकै कारण जनतामा गहिरो निराशा बढेको बताउनुभयो ।

अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र नभएर जनता प्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउने, राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी होइन, जनता नै हुने उल्लेख गर्नुभयाे ।  जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व जनता प्रति हुन्छ, सरकार टिकाउन सत्ता–सम्झौता प्रति नभएर जनता प्रति हुने  उहाँले बताउनुभयो । 

जसपा नेपालले प्रस्ताव गरेको प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने, यसले गर्दा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरणगर्नु हुदै उहाँले धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण रहेकोले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको बताउनुभयाे । 

शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्नु हुदै उहाँले धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण रहेको बताउनु हुदै यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँका अनुसार नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र पर्ने चक्र दोहोरिँदा जनताले केही नपाएको बताउनुभयो ।  

चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा देशभर उठाउँदै आएको छ ।