गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्नेमा विभिन्न दलका सांसदले जोड दिनुभएको छ। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँगको जिज्ञासामा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन्।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले विभिन्न दलसँग गरेको सम्झौतालाई कार्यान्वयन गर्न सरकारले नयाँ विधेयक ल्याउनुपर्ने बताउनु भएको छ ।
कैलाली प्रहरीले लागुऔषधको कारोबारमा संलग्न एक सय ६४ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
इलामको सूर्योदय नगरपालिकाले कन्याममा नयाँ पर्यटकीय गन्तव्यका रूपमा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याकको निर्माण कार्यको थालनी गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ।
ओमानको मस्कटमा हालै सम्पन्न २०औँ विश्व भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा स्वर्ण पदक विजेता राजेन्द्र दुलाल र रक्त मानन्धरलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्नुभएको छ ।
सङ्घीय संसद् भवन अगाडि मङ्गलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ ।
बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडीमा सात हजार नौ सय जना डेंगुका बिरामीको उपचार भएको छ।
जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद डा. चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू संसदमा राजा जस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो ।
सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टङ्कबहादुर कार्कीलाई ५/४ ले हराउनुभयो ।