• ६ वैशाख २०८१, बिहिबार

विश्व च्याम्पियनलाई राखेपको स्वागत

blog

काठमाडौं, माघ १० गते । ओमानको मस्कटमा हालै सम्पन्न २०औँ विश्व भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा स्वर्ण पदक विजेता राजेन्द्र दुलाल र रक्त मानन्धरलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्नुभएको छ ।

खेलाडीलाई स्वागत तथा बधाई दिँदै सदस्य सचिव घिसिङले  आगामी दिनमा पनि यस्तै उपलब्धि हासिल गर्न सुझाव दिनुभयो । दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ वर्ष माथिको फाइनल स्पर्धामा भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई हराएर स्वर्ण जित्नुभएको थियो ।

च्याम्पियनसिपमा दुलाल र मानन्धरसहित सञ्जय अर्याल, प्रकाशबहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको समेत सहभागिता रहेको थियो ।