• २६ वैशाख २०८१, बुधबार

सुक्रसहित आठ गल्फर क्वार्टरफाइनलमा

blog

पहिलो दिन सट प्रहार गर्दै सुक्रबहादुर राई । तस्बिर : एनपीजीए

काठमाडौं, माघ १० गते । सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टङ्कबहादुर कार्कीलाई ५/४ ले हराउनुभयो । 

यसैगरी भुवन कुमार रोकाले रामे मगरलाई २/१, रवि खड्काले प्रदिम कुमार लामालाई २/१, रमेश अधिकारीले सञ्जय लामालाई ३/१, दिनेश प्रजापतिले सूर्य प्रसाद शर्मालाई १/०, जयराम श्रेष्ठले कृष्णमान राजवाहकलाई १/०, धनबहादुर थापाले बलभद्र राईलाई ३/२ र भुवन नगरकोटीले सन्जोग मोक्तानलाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितामा शीर्षवरीयताका १६ प्रोले भाग लिएका थिए । तीन दिने प्रतियोगितामा बुधबार क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । बिहीबार ३८ होलको फाइनल खेल हुनेछ ।

गल्फ टुर अन्तर्गत सिजनको तेस्रो स्पर्धाको रूपमा आयोजित प्रतियोगिताको विजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई ४२ हजार, तेस्रो हुनेलाई ३२ हजार र चौथो हुनेलाई २४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीलाई ११ हजार र पहिलो चरणबाट बाहिरिने खेलाडीलाई जनही ६ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।