• २७ वैशाख २०८१, बिहिबार

गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद गठन

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन 

गण्डकी, माघ १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। 

प्रदेश प्रमुखलाई उहाँले लेख्नु भएको पत्रमा सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेर जिम्मेवारी तोकिएको उल्लेख छ। 

हरिबहादुर चमान भौतिक विकास तथा यातायात मन्त्रालय, सीताकुमारी सुन्दास आर्थिक मामिला, पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।

अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुस २५ गते नियुक्त हुनुभएको हो। मन्त्रिपरिषद् विस्तार अघि मंगलबार बिहान उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो।