स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।
डुङ्गा चढेर क्युबाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ ।
पुतलीबजार नगरपालिका ११ करेन्डाडाँमा बसको ठक्करबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।
टिकटकबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको छ । तुलसीपुर ७ मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा बसोबास गर्दैआएका विद्यार्थीलाई टिकटकबाट खाद्यान्न सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ।
थाइल्याण्डको राजधानी बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी यू–२२ पुरुष/महिला बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई स्वागत गरिएको छ ।
पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । शहीद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा शनिवार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धनगढीबाट गइरहेको म १ ह ८२४ नम्बरको अटो कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।