• ११ मंसिर २०८१, मङ्गलबार

आप्रवासी सवार डुङ्गा डुब्दा पाँचको मृत्यु, १२ बेपत्ता

blog

फाइल तस्बिर

हवाना, माघ १४ गते ।  डुङ्गा चढेर क्युबाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।

शक्तिशाली छालमा डुङ्गा डुबेको जीवित उद्धार गरिएकाहरूलाई उद्धृत गर्दै क्युबाको आधिकारिक समाचारपत्र क्युबाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।

विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ । अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन् । रासस/एएफपी