बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ललितपुरमा रहेको माउन्टेन मौरी कन्सर्नले चरनका लागि ललितपुरबाट ल्याएर राखेका मौरीका घारहरु । तोरी फुलेको उक्त फाँट मौरीका लागि उपयुक्त छ ।
सर्ट फिल्म ‘किन’ सार्वजनिक भएको छ ।
फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खला निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मको दोस्रो शृङ्खलाको छायाङ्कन चैत महिनादेखि सुरु हुने भएको छ ।
मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका आज (शनिबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।
भैरहवा भन्सार कार्यालयको राजश्व सङ्कलन घटेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व सङ्कलनमा गिरावट आएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताउनुभएको छ । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
कास्कीको पोखरास्थित सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।
फरक क्षमताका नागरिक भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ ।
हिमालपारिको गाउँ लिमी प्राकृतिक बन्दाबन्दीमा परेको छ । लिमी जाने दुई वटै नाकाहरू बाक्लो हिमपातले बन्द हुम्ला अब लिमी आउजाउ पूर्ण रूपमा बन्द भएकोले लकडाउन जस्तै भएको हो ।