• १२ साउन २०८१, शनिबार

साताका सात तस्बिर

blog

बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ललितपुरमा रहेको माउन्टेन मौरी कन्सर्नले चरनका लागि ललितपुरबाट ल्याएर राखेका मौरीका घारहरु । तोरी फुलेको उक्त फाँट मौरीका लागि उपयुक्त छ । तस्बिरः खेमराज गौतम/रासस


हनुमानढोका दरबार क्षेत्रस्थित नासलचोकमा हरेक वर्ष श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन आयोजना हुने वसन्तश्रवण कार्यक्रममा उपस्थित दायाँबाट क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवप्रसाद घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । तस्बिर : सुजन गुरुङ


हिमपात नभएपछि हिमालमा हिउँ पातलिँदै । यस वर्ष मुस्ताङमका डाँडाकाँडा, लेक र खर्कमा सुक्खापन छाएको छ । हिउँ नपर्दा कृषक चिन्तित बनेका छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस


सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ । तस्बिरः सुरेश आचार्य/रासस


सुनसरीको इनरुवास्थित एक प्लाई उद्योगमा घाममा सुकाइएको कच्चा प्लाई । इनरुवामा एक दर्जनभन्दा बढी प्लाई उद्योग सञ्चालित छन् । तस्बिरः नवीन गड्तौला/रासस



सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको नयाँवन गाउँ । तस्बिरः सुरेश आचार्य/ रासस


नागरिता विवादमा सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्रालयबाट बाहिरिदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । तस्बीर : सुजन गुरुङ