कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।
काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनर्निर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिना शुल्क खुला गरिएको हो ।
चितवनको हवाई इतिहास बोकेको मेघौली विमानस्थलको रूप फेरिनेभएको छ । २०१७ मा विदेशी पाहुनालाई लक्षितगरी निर्माण गरिएको मेघौली विमानस्थलको धावनमार्ग सम्याउने र उच्चस्तरीय ग्राभल र कम्पाउण्डको तारबार गरी धावनमार्ग चिटिक्क बनाउन लागिएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
गृह मन्त्रालयले दार्चुलाको नयाँ सिडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बन्न सफल हुनुभएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो ।
भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ ।
कृषक समूहले व्यावसायिक बाख्रपालनका लागि विपन्न परिवारलाई उन्नतजातका बाख्रा वितरण गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका –७ छल गाउँका आर्थिक विपन्न परिवारलाई नाउला मेला कृषि तथा भेडाबाख्रा पालन वृक्षारोपण कृषक समूहले उन्नतजातका बाख्रा वितरण गरेको हो ।
बागलुङमा हरेक वर्ष क्षयरोगका बिरामी थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय तथा स्थानीय निकायका स्वास्थ्य शाखाले रोग नियन्त्रणको व्यापक सचेतना, खोजपड्ताल लगायतका कार्यक्रम सञ्चालन गर्दा पनि नियन्त्रण हुन नसकेको हो ।
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।
केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ ।
पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ ।
दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।