जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा. चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा. चौधरीलाई छाड्न आदेश दिएको थियो । डा. चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज (शुक्रबार) जेलमुक्त भएका छन् ।
मौलिक कलाले सम्पन्न भूमि सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ।
प्रदेशसभाको आजको बैठकमा बोल्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो ।
यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो ।
राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ ।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रदेश र केन्द्र सरकार विस्तारका लागि छलफल तीव्र पार्नुभएको छ।
फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।
कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।
काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनर्निर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिना शुल्क खुला गरिएको हो ।
चितवनको हवाई इतिहास बोकेको मेघौली विमानस्थलको रूप फेरिनेभएको छ । २०१७ मा विदेशी पाहुनालाई लक्षितगरी निर्माण गरिएको मेघौली विमानस्थलको धावनमार्ग सम्याउने र उच्चस्तरीय ग्राभल र कम्पाउण्डको तारबार गरी धावनमार्ग चिटिक्क बनाउन लागिएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
गृह मन्त्रालयले दार्चुलाको नयाँ सिडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बन्न सफल हुनुभएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो ।
भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ ।