काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।
विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक पदको प्रतिस्पर्धामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य ।
काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ।
प्रदेश सरकारले विभिन्न विधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
वैशाख ५ देखि १८ गतसम्म त्रिवि मैदान कीर्तिपुर र मूलपानीमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ।
स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रुपियाँ प्रदान गरेको छ ।
नेपाल तेक्वान्दो सङ्घ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले दुई क्रिकेट खेलाडीलाई सम्मान गर्ने भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दललाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।
खार्पुनाथ गाउँपालिकाको केन्द्र अन्तर्गत पर्ने कर्णाली नदी माथिको पक्की मोटरेबल पुल निर्माणका लागि नौ महिनाअघि कार्यादेश भए पनि निर्माण कार्य सुरु भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।