• १४ वैशाख २०८१, शुक्रबार

फोटो फिचर

किन भत्काइन्छ चिटिक्क परेको पिच सडक ?

blog

पिच भत्काइएको बल्खु–कलंकी सडक खण्डको सर्भिस लेन सडक । तस्बिर : केशब गुरुङ

 तस्बिर : केशब गुरुङ  

काठमाडौं, चैत्त ९ गते। काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।

सडकको पिच मुनी जमिनको भाग नमिलेको भन्दै यसलाई मिलाउन  सडक खन्ने काम भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिनुभयो। 

अहिले बल्खुदेखि कलङ्कीसम्मको बीचमा पर्ने एक किलोमिटर पिच सडक भत्काउने काम चलिरहेको छ। भत्किएको सडकको तह मिलाएर पुनः पिच गरिनेछ। 

उपत्यकाका अन्य सडकको पनि ग्रेडिङ नमिलेकाले उक्त सडकमा पनि काम  थालिने उहाँको भनाइ छ। बाटोको ग्रेडिङ नमिल्दा सवारी चलाउन नै समस्या हुने गरेको र दुर्घटना हुने जोखिम बढेकाले मर्मत  गरिएको उहाँले बताउनुभयो। 

बालकुमारी–कोटेश्वर , लैनचौर–महाराजगञ्ज र साँखु जाने बाटोको बीच सडकमा पनि बाटोको तह नमिलेकाले यी क्षेत्रमा पनि काम थालिने उहाँको भनाइ छ।  विश्व बैङ्कको आर्थिक सहयोगमा यो निर्माण कार्य चलिरहेको निहुरेले जानकारी दिनुभयो।