• १४ वैशाख २०८१, शुक्रबार

अभिनेता बिएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषको सहयोग

blog

काठमाडौं, चैत ९ गते । स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रुपियाँ प्रदान गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषले उहाँहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर आर्थिक सहयोग गरेको हो ।

उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुसालले हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कलाकार सङ्घकी उपाध्यक्ष कविता गेलाल, सङ्घकै सह–कोषाध्यक्ष पवित्रा आचार्यलगायत उपस्थित थिए ।

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रकम अझै नजुटेपछि इच्छा भएर पनि धेरै रकम सहयोग गर्न नसकेको बताउनुभयो ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट स्नेही काखले उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको हो ।