नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र माला आर्ट्स एकेडेमीले संयुक्त रूपमा ६२औँ विश्व रङ्गमञ्च दिवस मनाएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाटककार अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देशका रूपमा इजिप्टकी अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नुभएको थियो ।
झापा कनकाई नगरपालिका–३ की बीना लिम्बूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ। श्रीमान्द्वारा हतियार प्रहार गरी सख्त घाइते बन्नुभएकी ३८ वर्षीया बीना लिम्बू खर्च अभावमा घरमै मृत्यु कुरिरहेको समाचार यसअघि गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भएको थियो। समाचार प्रकाशनपछि देश विदेशमा रहेका नेपालीले चासोसहित सहयोग गर्न थालेका छन्। उहाँलाई अस्ट्रेलियामा रहनुभएका दुर्गाप्रसाद उप्रेतीले नगद पाँच हजार पाँच सय, कनकाई नगरपालिका–३ का रमेशचन्द्र मैनालीले पाँच हजार एक सय, कनकाई नगरपालिका–२ का वडाध्यक्ष बलराम राईले छ हजार रुपियाँ प्रदान गर्नुभएको छ।
दोलखाका स्थानीय तहले नागरिकलाई सहज रूपमा स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम अस्पताल निर्माण गरिरहेका छन्। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले सङ्घीय सरकारले २०७७ साल मङ्सिरमा एकैसाथ ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो। दुई वर्षअघि दोलखामा शिलान्यास गरिएका छवटा अस्पतालमध्ये पाँचवटा अस्पताल हाल निर्माणाधीन छन्।
पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ ।
दोलखाको शैलुङ गाउँपालिका–७ मा सुविधासम्पन्न चर्नावती वृद्धाश्रम निर्माण भएको छ। भवनको भित्री व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको चर्नावती त्रिवेणी विकास सङ्घका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनुभयो। उहाँका अनुसार चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ सालमा र भवन निर्माण २०७४ सालमा सुरु गरिएको हो। पाँच करोड रुपियाँमा भवन निर्माण हुने विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भए पनि दुई करोड ५६ लाख रुपियाँमा ठेक्का सम्झौता भएपछि संरचना अधुरो पारेर छोड्दा लामो समय लागेको हो।
प्रतिनिधि सभामा विचाराधीन दुई विधेयकको प्रक्रिया र कार्यसञ्चालन नियमावलीको विवादबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। नियमावलीको विषयमा आइतबार सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक, सचेतक तथा नियमावलीमा संशोधन दर्ता गर्ने सदस्यहरूसँग छलफल गर्नुभएको थियो। भोलिपल्टै सभामुख घिमिरेले सोही विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्नुभएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिमा महिला सहभागिता र नेतृत्व सार्थक रुपमा बढ्दै गएको बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले सोमबार राजधानीमा आयोजना गरेको “प्रतिनिधि सभाका महिला सांसदको सामूहिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला नेतृत्वले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको कदर हुनुपर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा राहदानी र नागरिकता बनाउनेको भीड लाग्ने गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुल घरपरिवार सङ्ख्यामध्ये आधा घरपरिवारले खाना पकाउनका लागि अझै पनि काठ र दाउराको प्रयोग गर्ने गरेको पाइएको छ। जनगणना २०७८ को तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा ९१ हजार ४२८ घरपरिवार बसोबास गर्दै आएकोमा ४५ हजार २९९ घरपरिवारले खाना पकाउनका लागि काठ तथा दाउराको प्रयोग गर्ने गरेका छन्।
गत आर्थिक वर्षको अनुपातमा चालु आर्थिक वर्षमा हेटौँडा उपमहानगर क्षेत्रमा नयाँ भवन निर्माणमा कमी आएको छ। तराई–मधेशमा भएको आन्दोलनपछिका वर्षमा हेटौँडामा त्यहाँबाट बसाइँसराइले तीव्रता पाउँदै आएको छ। तराई–मधेशबाट बसाइँसराइ गर्ने, पहाड र छिमेकी पालिकाबाट झर्ने क्रम बढ्दो रहेको हेटौँडा उपमहानगर क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/८० को गत माघ महिनासम्म भने नयाँ भवन निर्माणमा कमी आएको हो।
सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमाले पार्टीको बहुमत हुनुपर्ने बताउनुभएको छ।
मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ।
मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।