प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन प्रमुख राजनीतिक दल सकारात्मक देखिएका छन्। प्रचलित मान्यता र यसअघिका व्यवस्थामा रहेका सभामुखका विशेषाधिकारसमेत कटौती गर्ने गरी सत्तापक्षका सांसदले संशोधन दर्ता गरेपछि नियमावली पारितको बाँकी प्रक्रिया अघि बढेको छैन। संशोधनलाई सहमतिमा टुङ्गो लगाएर पारित गर्न सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक परामर्शसमेत सुरु भएको छ। आइतबार राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संशोधनकर्ता सदस्यसँग परामर्श सुरु भएको हो।
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ छवि भएका प्रहरी आवश्यक रहेको बताउनुभएको छ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई गृह मन्त्रालयमा आइतबार दज्र्यानी चिह्न प्रदान गर्ने क्रममा उहाँले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्ने बताउनुभयो। समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटना वृद्धि भइरहेका बताउँदै उहाँले त्यसको समाधान गर्न प्रहरीमा आत्मविश्वास र अठोट अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।
सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । यसअघि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब साझा नीति र कार्यक्रम पहिलो प्राथमिकतामा परेको छ । त्यसका लागि गृहकार्य भइरहेको छ । सत्ता साझेदार १० राजनीतिक दलले मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक र संयुक्त छलफल तीव्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्श तीव्र पार्नुभएको हो ।
निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिनुभयो । तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन दिएका हुन्। एकल चुनाव चिह्न लिएर स्पर्धा गर्न नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी र पुनर्जागरण पार्टी, नेपालले संयुक्त निवेदन दिएका हुन्।
शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।
अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा हात्तीमा चढेर नुहाउँदै विदेशी पर्यटक । तस्बिर: कृष्ण आचार्य/रासस
काठमाडौं महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन्।
प्रतिनिधि सभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करिब तीन सय ५० जना बिरामी भएका छन् ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिनुभएको छ।
ए डिभिजन क्लब थ्रीस्टार सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार भएको क्वार्टरफाइनल खेलमा १-० गोल अन्तरले फ्रेन्डस् क्लबलाई पराजित गरी थ्रीस्टार सिधै अन्तिम चारमा पुगेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको हुने बताउनुभएको छ।