तिमीले त भनेकै हो एउटा दूरी कायम गरौँ हाम्रो मिलन सम्भव छैन
राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसका विभिन्न आयाम तथा कोणबाट चर्चा–परिचर्चा हुन थालेको छ । जनगणनाको अन्तिम नतिजाअनुरूप नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाखभन्दा बढी पुगेको छ । कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या एक करोड ४२ लाख र महिलाको सङ्ख्या एक करोड ४९ लाखभन्दा बढी रहेको छ । पछिल्लो जनगणना अर्थात् २०६८ मा गरिएको जनगणनाको तुलनामा यस पटक नेपालको जनसङ्ख्या वृद्धिदर घटेको छ । यसले आगामी दिन आर्थिक वि
“बजेटमा सधैँ देश तथा जनताको प्राथमिकता, आवश्यकता र मूल्यमान्यता झल्किनुपर्छ ।” – म्यारी लिन्ड्रे्यू नेकपा (एमाले)का कारण देशमा व्याप्त अस्थिर राजनीतिलाई मेसोमा ल्याउन दलहरू क्रियाशील हुनुपर्दा यस वर्षको बजेट कार्यान्वयनमा तदारुकता देखिएको छैन । आर्थिक वर्षको १०० दिनको हाराहारीमा समय बाँकी रहँदा विकास खर्चतर्फ खास काम भइरहेको छैन । अझ प्रदेश सरकार त विश्वासको मत लिने क्रममै रहेकाले अभ्यासमा रहेको प्रदेश सरकारका बजेट कार्यान्वयनबारे खोजी गर्दा विकास बजेट खर्च त सम्झौताकै चरणमा छन् । यो टिठलाग्दो विकासे गतिलाई स्थिर बनाएर अघि बढाउन यो वर्ष दलहरूलाई हम्मेहम्मे पर्ने देखिन्छ ।
सूचनाको हक नागरिकको जन्मसिद्ध मौलिक हक हो । नेपालको संविधानद्वारा प्रत्याभूत मौलिक हकमध्ये यो प्रमुख नागरिक हक हो । सूचनाको हकलाई नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको छ । सूचनाको हकको प्रयोगबाट नागरिकले सार्वजनिक निकायमा रहेको आफूसँग सम्बन्धित व्यक्तिगत तथा सार्वजनि
निजी क्षेत्रका व्यापार/व्यवसाय सम्बद्ध विभिन्न सङ्घसंस्थाले अघिल्लो सरकारको पालादेखि नै सडकमा बैङ्क तथा वित्तीय संस्थाविरुद्ध आक्रोश पोख्ने क्रम जारी राखेकामा गएको मङ्सिरमा तोकिएको निर्वाचनको कारण देखाई आन्दोलन स्थगित गरेका थिए । निर्वाचनपश्चात् नयाँ सरकार गठनसँगै पुनः तातिएका व्यवसायीहरूले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको आश्वासनमा आन्दोलन स्थगित गरे । फागुनको अन्तिम साता उक्त आन्दोलन पुनः घोषणा गरियो । सडक सङ्घर्षका क्रममा नेपाल राष्ट्र बैङ्क परिसर अगाडिसमेत धर्ना दिने कार्य भयो ।
आर्थिक वृद्धि र सकारात्मक परिवर्तनको योगफल नै विकास हो । विकासले विद्यमान अवस्थाबाट उन्नत अवस्थामा रूपान्तरण हुने प्रक्रियालाई बुझाउँछ । जसमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा मानवीय आयाम समेटिन्छन् । विकासका निम्ति साधन, स्रोत, श्रम र पुँजी आवश्यक पर्छ । मानवीय जीवनयापन सहज तुल्याउने प्रक्रियाका रूपमा रहेको विकासका निम्ति आवश्यक भौतिक तथा अभौतिक साधनलाई स्रोत भनिन्छ । त्यस्ता स्रोत
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा निर्माण गरिएको सबस्टेसनको लाइन परीक्षण सुरु भएको छ । बिहीबारदेखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रले जानकारी दिएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।
आर्थिक वर्षको अन्त्यतिर आएपछि कर्णाली प्रदेश सरकारले ठूलो रकम बजेट रकमान्तर गरेको छ । आव २०७९/८० को अन्तिम चौमासिक चल्दै गर्दा करिब चार अर्ब रुपियाँ बराबर बजेट रकमान्तर गरिसकेको छ । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन अर्ब ९१ करोड ४९ लाख ९८ हजार आठ सय रुपियाँ रकमान्तर गरेको हो । कार्यान्वयन हुन नसकेका योजनाबाट रकमान्तर गरी अन्य शीर्षकमा बजेट दिइएको हो ।
अभिनेतृ बेनिशा हमालको निर्देशकीय ‘डेब्यु’ छोटो चलचित्र ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरी प्रमुख भूमिकामा देखिनुभएको छ ।
झरनाको ‘चिसो पानी’ गीत न गुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।
नेपालको सबभन्दा ठूलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ । काठमाडौँबाट रारा तालको अवलोकन गर्न आएका अनिल श्रेष्ठले यो समयमा राराको मौसम राम्रो पाएको बताउनुभयो । “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलिँदो रहेछ, पानी कहिले नीलो बन्छ, कहिले कालो, कहिले सेतो, रङसँगै पानीको रङ फेरिँदो रहेछ,” उहाँले भन्नुभयो । आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उहाँको अनुभव छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ ।
दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रमा महिला सहभागितासँगै नेतृत्व बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले शनिबार आयोजना गरेको ‘महिला नेतृत्व सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरण र महिलाको निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाखबराबर अनुदान र एक खर्ब १४ अर्बबराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो।