अविनाश चौधरी
धनगढी, चैत १२ गते। ए डिभिजन क्लब थ्रीस्टार सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार भएको क्वार्टरफाइनल खेलमा १-० गोल अन्तरले फ्रेन्डस् क्लबलाई पराजित गरी थ्रीस्टार सिधै अन्तिम चारमा पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका दीपेश गुरुङले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उहाँ प्लेयर अफ द म्याच घोषित हुनुभयो। थ्रीस्टारले फाइनल प्रवेशका लागि अब आयोजक सुदूरपश्चिम-११ र नेपाल पुलिस क्लबबीच हुने अर्को क्वार्टरफाइनल खेलका विजेताको सामना गर्नेछ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।