इज्या बैतडी टाढा रहिन, स्मृतिमा दीप झल्कन्छन, आशीषको उज्यालोले नै जीवनपथ टल्कन्छन । चितवनतिर मायालु, सास सासमा बाँधिएकी, आँखा चिम्लिँदा पनि उही अनुहार देखिएकी ।
विश्वासको चौतारी भत्किएको छ बिरक्तिएको घाउ निको पार्ने बहानामा भ्रमको गीत बेसुरे छ जताततै हाँस्दा पनि उपहास गर्नेहरूको भिड
पुस्तकको अनिकाल हुने ठाउँमा ‘बोरा’ उपन्यास हात पर्यो, मज्जासँग पढेँ । यसको कभर पृष्ठको कलाचेत विस्मयकारी छ । म थोरै पनि डराइनँ । मेरो मुटु अमिलो भएन । साधारण मान्छेको मुटु काम्दो हो– कुनै भयानक जीवको मुखमा बुढीआमा पुगेको देखेर । यो कलाको पक्ष भो । यो सा
भनिन्छ, कृषि युगपछि नै मानव समाज स्थायी रूपमा एकै ठाउँ बस्न सुरु गरेका हुन् । कृषिकर्ममा मानव युग प्रवेश गरेपछि श्रमले प्राथमिकता पाउन थाल्यो । उत्पादनका लागि काम गरेपछि स्वाभाविक रूपमै थकाइ लाग्ने भयो । त्यसरी थकाइ लागेपछि मानिसलाई थकान मेट्न र मनोरञ्जन गर्न मन पनि लाग्ने नै भयो । हो, त्यसरी कृषिकर्म गर्ने क्रममा थकान मेट्न एवं मनोरञ्जन गर्नकै लागि हाम्रा पितापुर्खा (चाप मुमा/मोमा र चाप फोपा/फपा) ले बाजागाजा, नाचगान, गीतसङ्गीत आदि सिर्जना गरेका हुन् ।
नाट्य शिरोमणि बालकृष्ण सम बहुआयामिक सर्जक साँच्चि । सत्य तथ्य निर्विवाद साबितिए यसैले । उनका तन्मय चिन्तन–लेखन, अभिव्यक्ति स्वछन्द–धारावाही अनि अजश्र रहेको यस चेतधारी ठम्याइरहे बनेको आत्मानुभूति यो । पस्काउन जमर्किरहेँ ! चैतन्यचेत सदाबहार !
आसन्न निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारलाई दाङको घोराही–१७, गुलरियाका किसान प्रेम चौधरीको एउटै प्रश्न हुने गरेको छ, मलको अभाव कहिलेसम्म झेल्नुपर्ने हो हामी जस्ता किसानले ? आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रेम चौधरी जस्तै हरेक मतदाताले अहिले आफ्ना समस्या किन समाधान हुन सकेका छैनन् र कहिले समाधान हुन्छन् भन्ने जिज्ञासा राख्ने गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहौल रोचक बन्दै गएको छ । निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा चुनाव बहिष्कार गरेका दलहरूलाई सुरक्षा निगरानीमा राखेको छ । निर्वाचन बहिष्कार गरेका केही समूहले भोट नहाल्न आग्रह गर्दै गरेको पर्चा छरेको भेटिएको छ । त्यस कारणले ती दलमाथि निगरानी बढाएको बताइएको छ । सुरक्षा अधिकारीका अनुसार मोहन वैद्य नेतृत्वको व्रmान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिस्ट वैज्ञानिक समाजवादी पार्टी, समरजङ्ग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।
रुपन्देहीमा एकै घरका दुई दाजुभाइ दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई दाजुभाइ उम्मेदवार बन्नुभएको हो ।
बर्दिया जिल्लामा केही समययतादेखि चितुवाको आक्रमण बढ्दै जाँदा त्रसित बनेका स्थानीय बासिन्दा न्याय माग्दै जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका छन् । बिहीबार एकै दिन गुलरिया नगरपालिका–४, तुस्लिपुरका ३६ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ बस्ने मैसरा डाँगीको चितुवाको आक्रमणबाट मृत्यु भएपछि न्याय माग्दै स्थानीय परिवार जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका हुन् ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती थपिएको छ । कैलाली कारागारबाट फरार भएका धेरै कैदीबन्दी अझै कारागार नफर्केपछि प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको हो ।
मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आज (शनिबार)बाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।
नवौँ वालिङ महोत्सवमा विद्यार्थीको उत्कृष्ठ कला प्रदर्शन गरिएको छ । “हाम्रो मौसम हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित नवौँ वालिङ महोत्सवमा स्टलको ठिक अगाडि विद्यालयहरुले शैक्षिक प्रदर्शनी गरेको हो ।
जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्धघाटन गर्न बैतडीको गढी पुगेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता, इमान्दारिता र निष्ठापूर्वक काम गरे मात्र न्याय सेवा सरल, छरितो र कम खर्चिलो बन्ने बताउनुभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलमा जिल्ला सुरक्षा समितिले चासो लिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएकामध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो ।