कर्णाली प्रदेशमा १० जिल्ला र १२ निर्वाचन क्षेत्र छन् । यस पटकको निर्वाचनको नतिजालाई लिएर आमचासो देखिएको छ । १२ सिटमा १३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
आगामी वैशाख मसान्तभित्र पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी अभियान थालेको छ । गत वर्षको खोप अभियानमा छुटेका र चालु वर्ष पनि छुट्न सक्ने संभावित क्षेत्रमा विशेष टोली बनाएर खोजी थालिएको हो ।
नेपालको औद्योगिक क्षेत्रमा संलग्न रहने निर्माण, खानी, विद्युत्, ग्यास जस्ता क्षेत्रहरूबाट राष्ट्रिय अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) मा ११–१४ प्रतिशतसम्म योगदान रहेको र ५५ देखि ६० प्रतिशतसम्म सेवा क्षेत्रको यसमा अंश रहेको एक अध्ययनले देखाएको छ । निर्माण क्षेत्र (म्यानुफ्र्याक्चरिङ) मा पनि सन् २०२३/०२४ को अवधिमा करिब पाँच प्रतिशतले गिरावट आएको अर्को अध्ययनले देखाएको
निर्माणकार्य भइरहेको गुल्मी अस्पतालको भवन समयमै सम्पन्न भएका कारण मूल्याङ्कनमा पछि पर्दै आएको छ । केही वर्ष पहिले जनशक्तिको चरम अभाव थियो । अहिले भवनका कारण गुणस्तरीय सेवा प्रवाहमा सास्ती भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
शिक्षक र विद्यार्थीबिचको सम्बन्ध नै शिक्षा प्रणालीको केन्द्र हो । विद्यालयमा आधुनिक पुस्तक, प्रविधि र आकर्षक कक्षा भए पनि शिक्षक विद्यार्थीबिच विश्वास, सम्मान र नैतिकतामा आधारित सम्बन्ध छैन भने शिक्षा प्रभावकारी हुँदैन । वास्तविक सिकाइ जब विद्यार्थीले शिक्षकमा भरोसा गर्छन् र शिक्षकले विद्यार्थीलाई सम्मानपूर्वक बुझ्छन् त्यति बेला मात्र सम्भव हुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ ।
विश्वमा र्याफ्टिङको अवस्थाबारे कुरा गर्दा अमेरिका, न्युजिल्यान्ड, क्यानडा, कोस्टारिका, अस्ट्रेलिया, चिली, नर्वेलगायतले यस क्षेत्रमा ठुलो प्रगति गरेका छन् । हाम्रै छिमेकी देश भारतले पनि यसको राम्रो प्रगति गरेको छ । ‘२०२२ कमर्सियल रिभर युज रिपोर्ट’ अनुसार अमेरिकामा ४८ वटा प्रमुख नदीमा १४/१५ लाखभन्दा बढी पर्यटक बर्सेनि ¥याफ्टिङको रमाइलो गर्न जाँदा रहेछन् । त्यसै गरी
सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका–६, सितापुरका स्थानीयवासीले दशकौँदेखि झेल्दै आएका समस्याहरू समाधान गर्ने विश्वसनीय प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन्।
अहिले जुनसुकै क्षेत्र प्रतिस्पर्धायुक्त छ । त्यसमा पनि लोक सेवा आयोगद्वारा लिइने विभिन्न प्रतियोगितात्मक परीक्षामा त प्रतिभाशाली नवयुवाको झन् बढी प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा अब्बल र सफल ठहरिन पढेर मात्र हुँदैन । पढेको कुरा स्मरण गरेर निर्धारित समय सीमाको परीक्षामा राम्ररी प्रस्तुत गर्न सक्नु पर्छ । लेखाइ भनेको अक्षरहरूको पुञ्ज मात्र होइन ज्ञान, तर्क र सिलसिलाको
भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप शनिबार सुरु हुँदै छ । विश्वकप कुनै पनि खेलाडीका लागि प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठुलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन् जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । तीमध्ये पाँच खेलाडीको यहाँ चर्चा गरिएको छ ।
स्याङ्जामा क्रियाशिल पत्रकारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
चलचित्र ‘बिगुल’ को बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रसम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्र निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बिच एक सम्झौतामा हस्ताक्षर भएको थियो ।
युवा कलाकार सुरेम देशारलाई ‘अरनिको युवा कला पुरस्कार’ शुक्रबार राजधानीमा प्रदान गरिएको छ । राष्ट्रिय युवा कोषद्वारा राष्ट्रिय विभूति अरनिकोको नाममा स्थापित सो पुरस्कारको राशि ४० हजार रुपियाँसहित सम्मानपत्र रहेको छ । सो पुरस्कार प्राज्ञ विजय थापाले प्रदान गर्नुभएको हो । नेपाली कलाको संरक्षण र विकासमा सहयोग पु¥याउने लक्ष्यसहित कोषले सो पुरस्कार स्थापना गरेको हो ।
कवि खड्गबहादुर बोहराको नयाँ कविता सङ्ग्रह ‘पहिलो दिनको पहिलो प्रहर’ विमोचन गरिएको छ । कृतिको विमोचन गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार तथा समालोचक डा. महेन्द्रकुमार मल्लले बोहराको सिर्जनालाई ‘समय, समाज र चेतनाको ऐना’ को संज्ञा दिनुभयो ।