झापाको कनकाई नगरपालिका–२ स्थित ह्याप्पील्यान्ड फनपार्कमा रेलगाडीको डब्बा खस्दा चारजना गम्भीर घाइते भएका छन् ।
सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिनुभयो ।
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ ।
कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन मतपेटिका व्यवस्थापन गर्दै कर्मचारी।
सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।
जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ ।
टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।
नेकपा (एमाले) बाजुरा पार्टीको उम्मेदवार लालबहादुर थापालाई मातृशोक परेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका थापाकी ८९ वर्षीया कलशी थापाको हिजो राति ताँप्रास्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
२६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँले न्युरोड टिम (एनआरटी) लाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कारयुक्त सोच र व्यवहार नै देश निर्माणको आधार भएको बताउनुभएको छ ।
कालीकोटको राजनीतिक दलले २०६४ यताका आम निर्वाचनदेखि स्थानीय तहका निर्वाचनमा भोट बटुल्ने साधनका रुपमा प्रयोग गर्नेगरेको सुनथराली बिमानस्थल बने पनि अझै जहाज आउन सकेको छैन ।
नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ । यस क्षेत्रमा लामो समय देखि अन्तर-साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतलाई यदृत गर्दै एएफपीले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले जनताको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।