• २४ माघ २०८२, शनिबार

उम्मेदवार थापालाई मातृशोक

blog

नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापाकी आमा मृतक कलशी थापा ।

शेरबहादुर सार्की 

बाजुरा, माघ २४ गते । नेकपा (एमाले) बाजुरा पार्टीको उम्मेदवार लालबहादुर थापालाई मातृशोक परेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका थापाकी ८९ वर्षीया कलशी थापाको हिजो राति ताँप्रास्थित आफ्नै निवासमा मृत्यु भएको हो । 

चुनावको घरदैलो अभियान चलेकै समयमा आमाको निधनको खबरले उम्मेदवार थापालाई निकै स्तब्ध बनाएको छ । मृतक कलशी थापाको आज बुढीगङ्गा नदी ताँप्रिसेरामा अन्तिम दाहसंस्कार गरिएको छ ।