• २४ माघ २०८२, शनिबार

कांग्रेस सच्चिएर आएको छ, जनविश्वास जित्नेछ : महामन्त्री पौडेल

blog

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौँ, माघ २४ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले जनताको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ–५ मा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरणसहित पार्टी निर्वाचनमा होमिएको बताउनुभयो । सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “हामीले सबैलाई तपाईंले भनेजस्तै कांग्रेस बन्यो, तपाईंले खोजेजस्तै कांग्रेसले नै देशको रूपान्तरण गर्छ, मत दिएर सघाउनु जरुरी छ ।”

महामन्त्री पौडेलले कांग्रेसभित्रैबाट सच्चिनुपर्ने आवाज उठेको र अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन गरेर अघि बढेको उल्लेख गर्नुभयो । नेतृत्व र विचारमा स्पष्टता ल्याएर परिवर्तनको पक्षमा उभिएको उहाँको भनाइ थियो ।

आम नागरिकले नेतृत्व र नीतिमा स्पष्टता खोजेकाले त्यसलाई आत्मसात् गर्दै 'ब्रेन ड्रेन' सहितका समस्या सम्बोधन गर्न १० बुँदे एजेन्डा लिएर आउने उहाँले बताउनुभयो ।