सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल टेनिस खेलाडी सुनिरा थापाले शुक्रबार वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत पदक जित्नुभएको छ । बङ्गलादेशको ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स एकल फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित हुनुभयो ।
आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताउनुभएको छ । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताउनुभयो ।
चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीले ३३ अर्ब लिएर गएका छन् ।
म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् ।
प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुमपश्चिम जिल्लाको भूकम्प प्रभावित पाँचसय परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ ।
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
नवलपुरमा व्यावसायिक रुपमा गरिएको फूल र मालाको मूल्य निर्धारण कायम गरिएको छ । कावासोती नगरपालिकामा आयोजित सरोकारवालको बैठकले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् ।