पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका घोषित भएका छन् ।
सरकारले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई आज (शुक्रबार) देखि १० मिनेट आफ्नो कार्यलय सफा गर्न अनुरोध गरेको छ ।
बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ ।
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गर्नुभएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज (शुक्रबार) शपथग्रहण गर्नुभएको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारमार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिव २० हजार घरपरिवार आवद्ध भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै काठमाडौँमा विरोध कार्यक्रम गरेका छन् । शुक्रवार बिहान माइतीघर मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायतको उपस्थितिमा विरोध कार्यक्रम गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
म्यानचेस्टर युनाइटेड र टोट्टनहामले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ । बिहीबार भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा टोट्टनहामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन । पप्पु कन्स्ट्रक्सनले कतिहदसम्म बदमासी गर्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ लुम्बिनीको दुई वटा पुल ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक नाईन एन–एबीटी जहाजले सफल उडान भरेको छ । काठमाडौंबाट बिहान ६ बजेर ४६ मिनेटमा उडान भरेको सो जहाजले रेसुङ्गा विमानस्थलमा ७ बजेर ३९ मिनेटमा अवतरण गरेको हो ।