• १३ मंसिर २०८१, बिहिबार

दुर्लभ अजिङ्गरको उद्धार

blog

बिसनपुर गाउँबाट उद्धार गरिएको अजिङ्गर । तस्बिर सौजन्य : रामु चौधरी

अविनाश चौधरी
धनगढी, कात्तिक २४ गते
। गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । गएराति कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँमा पसेको अजिङ्गरको उद्धार गरिएको हो ।

गाउँमा आएको अजिङ्गरलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको स्थानीय संरक्षणकर्मी रामु चौधरीले जानकारी दिनुभयो । प्राकृतिक वासस्थानमा छोड्नका लागि अजिङ्गरलाई प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।